Back

मोबाइल एप बिक्री गरेर नेपाली युवाले कर्ण बहादुर बुढाले कमाए एक वर्षमै १ करोड २३

मोबाइल एप बिक्री गरेर नेपाली युवाले कर्ण बहादुर बुढाले कमाए एक वर्षमै १ करोड २३ लाख

एक वर्षपहिले ७० लाख रुपैयाँमा विदेशी कम्पनीलाई मोबाइल एप बेचेका एक नेपाली डेभलपरले पुन: अर्को एप बेचेका छन् । बर्दिया बाँसगढी-५ का २३ वर्षीय कर्णबहादुर बुढा क्षेत्रीले ५२ लाख ८६ हजार रुपैयाँमा हालै इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई एन्ड्रोइड एप बिक्री गरेका हुन् ।

कर्णले गोपनीयताका कारण एपको नाम खुलाउन चाहेनन् । तर बिक्री भएको एप पाँच लाख बढी पटक डाउनलोड भएको उनले बताए । उनका अनुसार सो एप क्वोट (भनाइ)सँग सम्बन्धित छ ।

एपबाट भइरहेको आम्दानी र डाउनलोड संख्याका आधारमा इजरायली कम्पनीले आफ्नो उत्पादन खरिद गरेको उनले बताए ।
#JuksonIsEverywhere #Jukson #NepaliYouth #TechNews

CIC ART ,charityinchina.cn

cicheidi
https://charityinchina.cn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =